तोसिमा आइन ताप्लेजुङ

कमल भट्टराई
आज भाद्र २० गते रास्वपाले ताप्लेजुङमा बृहत आमसभाको आयोजना गरेको थियो । रवि लामिछानेको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रममा रवि आएनन् भनिन्छ उनि देश बाहिरबाट नेपाल आउन ढिला भएका कारण उनि ताप्लेजुङ आएनन् । पार्टी उपाधयक्ष मा. डि.आर. उपाध्याय, मा. तोशिमा कार्की, केन्द्रीय सदस्य रमेश प्रसाई लगायत को उपस्थिति रहेको कार्यक्रममा तोशिमा सहितका बक्ताहरुले बोल्नेक्रममा अबको समाज भ्रष्टाचार मुक्त समाज हुनु पर्नेमा जोड दिएका छन् । रास्वपा यसमा जनताको साथमा छ र जनतालाई सुशासन र न्यायको महसुस गराउन हामी प्रतिबद्ध रहेका छौ । तपाईहरुले मत दिएर सरकारमा पठाए त्यो मतको अवमुल्यन गर्ने छैनौ भन्ने बक्ताहरुको भनाइ रहेको थियो । कार्यक्रमको अध्यक्षता सरिता कार्कीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन युवराज बरालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस