कमल भट्टराई
ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा भईरहेको ताप्लेजुङ गोल्डकप २०८० भाद्र १४ गते देखि खेलाएर आज भाद्र २० गते सम्पन्न भएको छ । रेडहर्ष क्लब इलाम र जुट विकास फुटबल क्लब इटहरी बीच भएको आजको फाइनल खेलमा समय सिमा भित्र इलामले १ गोल गरे पछि दुवै तर्फबाट पुन थप गोल हुन सकेन त्यहि एक गोलले रेडहर्ष क्लब इलामलाई विजयी गराएको छ । आजको खेलका दर्शकहरुमा तोशिमा कार्की, हिसिला यमी जस्ता राष्ट्रिय नेताहरुको समेत उपस्थिति रहेको थियो ।
ताप्लेजुङ गोल्डकपका दर्शकहरुलाई क्वाटर फाइनल खेलहरु हेर्न रु १०० दरका टिकट विक्रि गरिएको थियो । क्वाटर फाइनलका चार खेलबाट भाद्र १४ गते १ लाख ७० हजार ८ सय, भाद्र १५ गते १ लाख ३१ हजार ७ सय, भाद्र १६ गते १ लाख ७५ हजार ६ सय र भाद्र १७ गते १ लाख ७७ हजार ७ सय,सेमिफाइनल र फाइनलमा रु २०० दरका टिकट वितरण गर्दा; १८ गते १ लाख ५८ हजार ४ सय, भाद्र १९ गते ३ लाख ७ हजार ४ सय, र २० गते ७ लाख ५५ हजार गरी जम्मा १८ लाख ७६ हजार ७ सय उठेको छ । प्रथम पुरस्कारमा ३ लाख ११ हजार र दोस्रो पुरस्कार १ लाख ५१ हजार वितरण गरिएको छ । यस कार्यक्रमको आय व्यय यसै महिना भित्र सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
