प्रलेस नेपालको कोशी प्रदेश तेस्रो अधिवेशन सम्पन्न

कमल भट्टराई,

कोशी प्रदेश मोरङ जिल्लाको सुन्दर हरैचा gu/kflnsfमा रहेको सुकुना बहुमुखी क्याम्पसमा हिजो चैत्र १६ गते बाम पन्थीहरुको साझा संगठन प्रलेस नेपालको कोशी प्रदेश तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले झापाका विन्दु दाहाल अध्यक्ष, उपाधयक्ष दिनेश थापा महिला उपाध्यक्ष शान्ति पाख्रीन, सचिव रविन कोर्काली, सहसचिव कमल भट्टराई कोषाध्यक्ष डिल्लीराम प्ररदेशी सहित २१ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरिएको छ । यस कार्य समितिले आगामी तीन वर्षका लागि काम गर्ने छ । कार्यक्रममा साहितयकार डा. देवी क्षेत्री दुलाल र ज्ञानु बुढाथोकीलाई प्रशंसा पत्र सहित दोसल्ला आढाएर सम्मान गरियो ।  यस कोशी प्रदेशमा २०७५ साल चैत्र ९ गते पहिलो र २०७८ चैत्र १२ गते दोस्रो अधिवेशन गरिएका थिए ।

तीला लेकालीको अध्यक्षतामा भएको यस अधिवेशनका प्रमुख अतिथी प्रलेश केन्द्रीय उपाध्यक्ष नमुना शर्मा र विशिश्ठ अतिथी महासचिव डा. देवी क्षेत्री दुलाल रहनुभएको थियो ।   अधिवेशन सफलताको शुभकामना दिने सबै बक्ताहरुले समाज परिवर्तनका लागि प्रलेस का कामहरु अझ धेरै रहेको देशमा व्यबस्था परिवर्तन भए पनि अवस्था परिवर्तनका लागि कलम चलाउनु पर्ने साथै गणतन्त्र रक्षाका लागि सचेत रहनु पर्ने औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस