पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रम

कमल भट्टराई

ताप्लेजुङका मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका साथै मिक्वाखोला गाउँपालिकाले संयुक्त प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारको पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रममा ती पालिका वा ताप्लेजुङ क्षेत्रलाई सहभागी नगराएकोमा दुख व्यक्त गर्दै कार्यक्रममा सहभागी गराउन अपिल गरेका छन् । स्वीस सरकार नेपाल सरकारका संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुने यो कार्यक्रम यसै चालु आ.व. देखि सुरु हुँदै छ । तुम्लिङटार, खाँदबारी, नुम, गुफा पोखरी, वसन्तपुर, जलजले ,तिनजुरे, मिल्के सहितका स्थानहरु यस कार्यक्रममा समेटिदा २९ वटा स्थानीय तह समेटिएका छन् तर मिल्के जलजले क्षेत्रमा ताप्लेजुङ पर्दा समेत ताप्लेजुङका कुनै पनि स्थानीय तह यस पर्दा  पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रममा समेटिएका छैनन् । मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका साथै मिक्वाखोला गाउँपालिकाले आफ्नो सहभागिता हुन सके आफ्नो तर्फको बजेट व्यबस्थापन र स्रोत बाँडफाँडमा सहभागि हुने भन्दै प्रेस विज्ञाप्ती जारी गरेका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका संखुवासभा संग जोडिएको छ गुफा पोखरी नजिक सम्म ताप्लेजुङको मैवाखोला गाउँपालिका सीमाना पुग्छ । ताप्लेजुङको हिमाली क्षेत्रका लागि पदमार्ग बनाउँदा यो पालिका नै एक प्रवेश मार्ग बन्ने छ मैवाखोलाको माथिल्लो क्षेत्र हुँदै फाकुम्बा, थिङ्लाबू, सन्थाक्रा, लिङतेप, थुकिम्बा, नाल्बोका माथिल्ला क्षेत्र हुँदै पापुङको सोदो पोखरी, तोक्पेगोला पुग्न सकिन्छ यसका लागि गुफा पोखरीबाट ६ दिनको हिँडाई पर्ने मिक्वाखोलाका उपाध्यक्ष डण्डु लामा बताउनु हुन्छ । माथिल्लो क्षेत्रका ज्ञाता उपाधयक्ष भन्छन् तोक्पेगोलाबाट संखुवासभाको थुदाम हुँदै तिब्बत जान समेत सहज हुने छ । तोक्पेगोलाबाट २ दिनको सहज यात्राबाट लुङ्वाखुम्वा हिमाल जान समेत सहज हुनेछ  भने २ दिनको सहज यात्राबाट ओलाङ्चुङगोला पुगिने छ यहाँ तमोर करिडोरको सडक भेटिने छ । यहाँको २ दिन हिँडाई पछि नाउरको राजधानी याङ्मा पुगिने छ । यहाँ पृथ्वीको अझ नौलो अनुपम उपहार हेर्न सकिने छ । याङ्माबाट २ दिनको यात्रा पछि घुन्सामा कञ्चनजंघाको पदमार्ग संग जोडिन पुगिन्छ तयहाँबाट नयाँ, छहारे, हुँदै ४ दिनमा तिम्बुङ पोखरी पुगेर सिकिमको र नेपालको सिमाना हुँदै चियोभञ्ज्याङ पुग्न थप २ दिन लाग्दा जम्मा १६ दिनको यात्रामा ताप्लेजुङका माथिल्ला क्षेत्रहरु कञ्चनजंघा, फक्ताङ्लुङ लगायत हिमाली क्षेत्रका रमणीय दृश्यावलोकन विभिन्न मोड र कोणबाट गर्न सकिने जानिफकार मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा बताउनु हुन्छ । प्रदेश सरकारले लामो पदमार्गको योजना बनाउँदा ताप्लेजुङलाई नछुनु दुखद कुरा हो भन्दै पालिका अध्यक्षहरु प्रदेश सरकार संग रुष्ट बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस