कमल भट्टराई
ताप्लेजुङ विगत केही वर्ष यता पाथीभराले बारम्बार तताउने गरेको छ । हेलिकोप्टर दुर्घटना र त्यसैमा परेर मन्त्री रविन्द्र अधिकारीको निधनदेखि पाथीभरा अझ समाचारहरुको केन्द्र बन्दै गएको छ । केही वर्ष यता नामाकरण र केबुलकार विवादले तातीएको पाथीभरा यही मंसिर १४ गते गोरखा पत्रको पेज ११ मा छापिएको पाथीभराका घण्टी लिलामीको सूचनाले अहिले नयाँ बहसको विषय प्रवेश गरेको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराका पुराना घण्टीहरु जम्मा १६३६८ केजी १०० ग्राम न्यूनतम मुल्य रु ३८० प्रतिकेजीका दरले लिलाम बढाबढमा टेण्डर गरे पछि सामाजिक सञ्जालबाट देश विदेशमा रहेका ताप्लेजुङबासीहरुले यसलाई बेचबिखन गरिनुहुन्न भन्दै आफ्नो मत अभिव्यक्त गरेका छन् । केहि मिश्रित प्रतिकृया आएका छन् व्यवस्थापन गर्नु पर्छ तर यहाको धार्मिक, पुरातात्विक, ऐतिहासिकतालाई असर पर्ने गरि ती लिखतहरु मासिनु हुन्न भन्ने सुझाब दिएका छन् ।
घण्टीहरुलाई बाटोको दायाँ बाँया रेलिङ बनाएर झुण्डाउनु पर्ने, पाथीभराकै पहिचान र अन्य भगवान तथा थप आकर्षक आकृति बनाई सजाएर राख्नु पर्ने जस्ता विभिन्न सुझाव सहित विक्रि गर्न लागिएकोमा चिन्ता व्यक्त गरेको पाईएको छ ।
यता पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङ भन्छन् यी टेण्डर गरिएका वा विक्रिका लागि सूचना निकालिएका घण्टीहरु २०७७ साल यताका हुन् । धार्मिक, पुरातात्विक, ऐतिहासिकतालाई झल्काउने पुराना घण्टीहरु पाथीभरा क्षेत्रमै सुरक्षित रहेका छन् तिनलाई हामीले छुएका छैनौ । मैले सामाजिक सञ्जालमा बेचिखाए भन्ने सम्मका अभिव्यक्ति देखे यो रकम हामी नगद लिदैनौ दरखास्त वाला खरिदवालाले बैंक खातामा जम्मा गर्छ त्यस पछि के हुन्छ बैकले देखाउन सकिहाल्छ । त्यसैले हामी धार्मिक, पुरातात्विक, ऐतिहासिकताका विषयमा र रकम दुरुपयोग बारेमा भ्रम नपाल्न अनुरोध गर्छौ ।
आशा गरौ पाथीभराका यस्ता विवादहरु सहज निराकरण हवन ।