कमल भट्टराई
ताप्लेजुङ आज प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले अगामी वर्षको वजेटले नेपाली युवालाई रोजगारी दिन सक्ने बताएका छन् । उनले भने आगामी वर्षको वजेट कनिका छराई हुने छैन र परिणाम दिने उत्पादन मुखि वजेट आउने छ र देशमा रोजगारीका अवसरह खुल्ने छन् ।
राजावादी आन्दोलनलाई संकेत गर्दै उनले भने यो व्यवस्था हिंसाबाट नभई सम्झौताबाट आएको हो र यसको रक्षाका लागी सबै दलहरु एक ठाउँमा उभिएका कारण पनि तत्काल यसको विकल्प नभएको बताएका छन् । यसमा भएका त्रुटीहरु जहाजहाँ छन् हटाउँदै जानु पर्छ नेतृत्व तह पनि सुध्रनु पर्छ उनको भनाई छ ।
शिक्षकहरु संग २०७२ देखि यता पाँच पटक सम्झौता भएका छन् यी सबैलाई समेटेर शिक्षकका माग पुरा गर्दै आगामी वजेट अधिवेशनको सुरुमै शिक्षा ऐन ल्याउन तदारुकताका साथ काम भईरहेको बताउँदै धेरै खालका शिक्षकहरु भएका कारण समस्या धेरै देखिएका छन् । वालविकास, कास व्यवस्थापन र पारिश्रमिक, शिक्षक ग्रेड मिलान, मर्यादाक्रम लगायतका सम्झौतामा उल्लेख भएका मागहरु समेटेर समस्या समाधान गरिने सचिव योगेश भट्टराईले बताएका छन् ।
कोशी प्रदेशलाई प्राकृतिक पर्यटनको थप प्रचार प्रसार संगै धार्मिक र साँस्कृतिक पर्यटनको विकासमा जोडदिनेमा उनको भनाई रहेको छ । पर्यटन वर्ष २०८२ सफल बनाउन तीनै तहका सरकार पत्रकार समाजसेवी लगायत आम जनसमुदाय लाग्नु पर्ने उनले बताए । कञ्चनजंघाको प्रचार बढी गर्नुपर्ने उनले बताएका छन् । प्रदेश सकारले पर्यटन वर्ष घोषणा गर्दा ताप्लेजुङलाई कम महत्वमा राखेकोमा दुख व्यक्त गरेका छन् ।
हेवाखोलामा बेलिब्रिज बन्न थालेको ओलाङ्चुङगोला जाने बाटो सुकेपानीमा पनि बेलिब्रिज थालिएकोले यी खोलामा वर्षा याममा थप समस्या नआउने उनले बताएका छन् । मदन भण्डारी मार्ग बसन्तपुर दोभान सडकमा आगामी वर्षको बजेटबाट कालोपत्र गरिने आशा पनि उनले बाँडेका छन् ।