कमल भट्टराई
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भाद्र २० गते ताप्लेजुङ आउने भनिएकोमा श्रीलंकाबाट नेपाल आउन ढिलाई भएपछि २१ गते आएर तोक्मेडाँडाको मैदानमा भने आफु अरु नेताभन्दा फरक भएका कारण आजै भए पनि आएको र म यहाँको हरेक काम र निर्णय यहिबाट हुनु पर्छ भन्छु । यहाँको नेता यहिबाट छानिनु पर्छ केन्द्रले हस्तक्षेप गर्ने छैन । म अन्यत्र असफल भएर यहाँ आएको छैन राजनीतिबाट देशलाई सम्बृद्ध र सुशासनले सुसज्जित गर्न युवाको अवाज सहित परिवर्तनको आकाँक्षा लिएर आएको छु । २०८४ को निर्वाचन हाम्रो सरकार बनाउने लक्ष्य हो, यसलाई सार्थक बनाउन र देशलाई विकशित मुलुकमा परिणत गर्न हामीलाई मतदान गर्नुहोस, पार्टीमा आबद्ध रहनुहोस भन्ने मन्तव्यका साथ उनले भने अब सिद्धान्त र भाषण चाहिन्न काम र माम चाहन्छ ।
