कार्तिकमा खेवाङ गोल्डकप २०८१ हुने ।

कमल भट्टराई

ताप्लेजुङको सिरिजंघा गाउँपालिका ७ खेवाङमा आउँदो कार्तिक १० गते देखि १५ गते सम्म सातौ खेवाङ गोल्डकप २०८१ खेलाइने खेवाङ स्पोटिङ क्लब खेवाङले जनाएको छ । विजेता टिमलाई नगद  १ लाख ५१ हजार १ सय ११ रुपैयाको पुरस्कार राखिएको छ भने उप—विजेताकालागि  १ लाख १ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

विभिन्न विधाहरुमा समेत पुरस्कार राखिएको छ जम्मा १५ लाख खर्चको आँकडा गरेर यस कार्यक्रमको आयोजना गरेको आयोजकले बताएका छन् ।

 खेवाङ गोल्डकप २०८१ मा नेपाल पुलिस क्लब कोशी प्रदेश, रेड स्टार फुटबल क्लब झापा, कुम्मायक गाउँपालिका पाँचथर, तेल्लोक स्पोटिङ क्लब तेल्लोक ताप्लेजुङ, लालीगुराँस स्पोर्टिङ क्लब सिदिङ्वा सुरुम्खिम ताप्लेजुङ, नैना कम्पनी प्रा.लि. खेवाङ ताप्लेजुङ, पेदाङ स्पोर्टिङ क्लब सिरिजंघा ५ पेदाङ ताप्लेजुङ र खेवाङ स्पोटिङ क्लब खेवाङ ताप्लेजुङले भागलिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस