तोक्मा खबर
मंगलबार १२, असार २०८०
ताप्लेजुङमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सोमवार फुङलिङ बजारमा सडक नाटक प्रर्दशन तथा प्रभातफेरी कार्यक्रम भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम फुङलिङस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका बिद्यार्थीले बीरेन्द्रचौकमा लागु औसध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको सचेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए । तोक्मेडाँडामा चेतनामुलक पर्चा, पम्प्लेट बितरण र सन्देश प्रसारण सहित सुरु भएको प्रभातफेरी बीरेन्द्रचौकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
फुङलिङ नगर उप्रमुख भीमादेवी ओझाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ सहित कार्यालय प्रमुख एवम् नागरिक समाजका अगुवाको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला प्रहरी प्रमुख डिएसपी राजन लिम्बूको अध्यक्षतामा भएको थियो ।