कोशी प्रदेशमा कर्मचारी माग

तोक्मा खबर
मंगलबार १२, असार २०८०
कोशी प्रदेश सरकारले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि कर्मचारी मागको छ । कोशी प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर आठौं र सातौं तहका पदमा डेढ सयको संख्यामा कर्मचारी मागेको छ ।
आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ अन्तरस्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ३१ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भदौ ७ गतेसम्म आवेदन दिन सकिने पनि हिजो ११ गते प्रकाशित विज्ञापनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस