हिन्दु परम्परामा मृत संस्कार

तोक्मा खबर
आषाढ ११, २०८०
जब एक हिन्दु बा्रमणको मृत्यु हुन्छ तब उसका छोराहरु तथा छरछिमेक ईष्ट मित्र भई घाटमा खोलामा लैजाने चलन छ। घाट लैजादा कसैले घरमै केश काटने र नुवाई धुवाई गरेर लैजाने गर्दछन् भने कसैले घाट पुगेर मात्र केश काटने कार्य गर्दछन, विश्रामस्थलमा चलन अनुसार पिण्ड दिने वा नदिने पनि गरिन्छ । घाट पु¥याएर चिता बनाई अग्नी स्थापना गरि,पूजा गरे पछि लासलाई चितामा राखेर मृतकको दुबै हातमा एक एक पिण्ड दिने र अर्कोएक पिण्ड शिरान तिर दिने चलन छ , त्यस पछि दागबती दिई अग्नी दहन गरिन्छ, जलीसके पछि त्यस स्थानलाई पखालि शुद्घ गरि पुन पिण्ड दिने चलन छ, यी सबै पिण्डहरु घिउमा चामल मुछेर ्दिईन्छ। मलामिहरु फर्के पछि मृतात्मा आएर दुःख नदेओस भनि बाटोमा काँडा राखेर धुप दिई काँडा नागेर मलामीहरु कृयापुत्री लिई घर फर्कन्छन्। एक दिन क्षेत्रउपास बसेर अर्को दिन पानीको पायक पर्ने ठाउँमा बेधी बनार्इृ प्रेतका नाममा श्राद्घ कार्य गरिन्छ। दश दिन सम्म अलग अलग प्रेतका नाममा पिण्ड दिर्इृन्छ, जुन पिण्डबाट शरीर वा देह निर्माण हुने कुरामा विश्वास गरिन्छ । दशौँ दिनमा वेधी फोडी सुनको फाली र चाँदीको कोदालीले डल्ला फोरेको भान पार्दै धान, जौँ, दाल आदि अन्न र ज्यापु छरेर बेधी भएको ठाउँमा त्रिकाठीका खम्बा गाडेर काँचो धागोले तारबार गरिन्छ । यता प्रत्येक दिन साँझमा सायम काल गरि धुप बाती साथ बलेसीमा पूजा गरिन्छ जहाँ प्रेतको नाम नै उच्चारण गरिन्छ । यसरी दश दिन सम्म धारामा गई बेदी बनाएको ठाँउमा श्राद्घ गर्ने चलनछ , यसरी श्राद्घ गर्दा चौथो दिन भने दुई वटा श्राद्घ गरिन्छ , जुन पहिले पहिले दाहसंस्कार गर्दा चितामा आगो लगाई छोडने र चौथो दिनमा पुन गई जलेर बाँकी अवशेष घैटोमा भेला गरि गाडने र त्यस स्थानमा शुद्घ गरि श्राद्घ गर्ने चलन भएकोमा हाल पहिलो दिनमै चिता पखाली शुद्घगर्नेर सजिलोको लागी बेधीकै एक छेउमा चौथो दिनमा सो श्राद्घ गर्ने चलन छ। यसै क्रमले दश दिन विते पछि एघारौको दिनमा सोर रिषि पुज्न,े सोर सिदा गर्ने, सोर पिण्ड दिने कार्य गरिन्छ जुन कार्य गर्दा वर्ष भरिका सोर मासिकाहरुका नाम लिईन्छ यसरि हेर्दा वा विश्लेषण गर्दा वर्ष भरिका मासेहरु त्यसै दिनमा गरिन्छ , खोचा बगाउने भनेर तीन शय साठी दुनामा पानी भरी मृतकलाई वर्ष भरिको लागि पानी दिईन्छ, तीन शय साठी छेस्काहरु दाँत माझने ब्रसको रुपमा दिईन्छ, यस कार्यमा प्रयोग गरिएको घडालाई त्यसै दिन फालिदिने वा वर्ष दिन भर मासिकाको लागि राखि वर्ष दिन पछि ब्रामणलाई दान दिने चलनछ, एघारौँ कैँ दिनमा शैया पूजा , नारानवली , गर्ने चलन छ भने साँढे साँढी छोड्ने कार्य एघारौ दिनमा गर्ने चलन भए पनि हाल समय परिस्थितीका कारण छोडिदैन, बारौ दिनमा तीन पुस्ता वृद्घ मृतात्मा संग राखि तीन पिण्ड एकातिर र अर्को तर्फ मृतात्माको एक ठूलो पिण्ड राखेर मृतात्माको पिण्डलाई सुनको तार र पैसाको सहयोगले बराबर तीन भाग लगाई फोरेर तीन पुस्ता पुराना बुढाका पिण्ड संग जोडेर पितृ संग मिलाउँने कार्य गरिन्छ । पहिले एघारौका दिन खुवाउने गरेका ब्रामणहरुलाई अचल मानि डाँडो कटाउने गरिन्थ्यो , कारण एघारौ दिनको खानालाई काटोको अर्थ लगाई अरुले नखाने गरिथ्यो, त्यसैले हाल बारौका दिनमा बार ब्रामण खुवाउने गरिन्छ, तेरौ दिनमा घर भित्र अग्नी स्थापना गरि शुद्घ शान्तिको कार्य गर्दै होमादी गरिन्छ, पददान, शैँया दान, आदि दान यथा सक्य गरि काजकृया समापन गरिन्छ। तेरौ दिन देखि छोराहरुले सेता लुगा लगाई प्रत्येक महिनामा मासिका गरि वर्ष दिन पुगे पछि वार्षिक श्राद्घ गरि पुन कुनै देव कार्य गरि शुद्घ हुने चलन छ । तर हाल आएर तेर दिन पछिका कार्यहरु समय सापेक्ष नभएको तेर दिनमा सबै कार्य समापन गरि सकेर पुन थप कार्यको आवश्यकता नदेखिएको, एघारौ दिनका दिनमा मासिका समापन भईसकेको , सपिण्डी गरि मृतात्मालाई पुराना पुर्खा संग जोडिई सकिएको जस्ता कारणहरुलाई हेर्दा एक वर्ष सम्म वार्न अनिवार्य देखिदैन,यस अर्थमा समय सापेक्ष भएन कि हिजो गोठमा बस्ने, एक्लै रहने, आफैमात्र पकाएर खाने, अरुकोहि पकाई दिने मानिस नहुने, टाढा जानु परेमा भाँडा कुँडा र सातुसामल बोकेर हिडने, पाटीमा बास बस्ने, बेरामी परे घरैमा धामी झाक्री र जडीबुटी गर्ने चलन थियो, यातायात र होटल सुविधा थिएन, तर आज बेरामी पर्दा हस्पिटल बस्नु पर्छ कतै जानु परे गाडीको यात्रा र होटलको बास हुन्छ, बनाई खाने भाँडा कुँडा र ठाँउ पाउन कठीन छ ,समस्या मध्येको अर्को समस्या त पृथ्वी साँगुरिदैछ आफना जग्गा जमिनले मात्र खान नपुग्ने र कामको खोजीमा संसारका कुनै पनि कुनामा पुग्नु पर्ने बाध्यता आईरहेको छ। चाहे कामको खोजीमा होस वा अध्ययनको क्रममा हामी र हाम्रा सन्तान जुन सुकै बेला जुन सुकै ठाँउमा पुग्न तयार रहनु पर्दछ, यो हाम्रो रहर होईन बाध्यता हो । यस्तो अवस्थामा एक वर्ष सम्म सेतो बस्त्र लगाई खानामा व्रत गरि बस्दा स्वास्थ्यमा नराम्रो प्रभाब पर्न जाने निश्चित छ, खाना व्रत नगरि बस्त्र व्रत मात्र गर्ने हो भने त्यो त खासै अर्थ नहोला वा नकली व्रत होला अर्को तर्फ अमेरिका बस्ने छोरालाई वर्ष दिन सम्म घर आएर बस भन्दा उसको भविष्य कस्तो होला। यस्ता अनेकौ कारणले गर्दा तेर दिन शुद्घ काजकृया गरि तेर दिनको व्रत पछि वर्ष दिनमा वार्षिक श्राद्घ र शुद्घ शान्ति गरि मृत संस्कारको अन्त्य गर्न सके निश्चित रुपमा हाम्रो परम्परा संस्कृति वा मृत संस्कारका कृया विधीको संरक्षण हुने समय सापेक्ष भई काम काज हिडडुल र रोजगारीका अवसरलाई पनि असर नपर्ने देखिन्छ ।
त्यसैले हाम्रा धर्म गुरुहरुले हाल आएको जुन द्घिविधा छ त्यसको अन्त्य गर्न एउटा सामूहिक निर्णय गर्न ढिलाई गर्नु नहुने देखिन्छ ।

कमल भट्टराई
दोखु ९ , ताप्लेजुङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस