एसिया कप सेप्टेम्बर १ देखि १७ सम्म हाइब्रिड मोडलमा हुने ।

तोक्मा खबर
आषाढ ११, २०८०
भारत र पाकिस्तानको आपसी बिबादका कारण अन्योल बनेको एसिया कप क्रिकेट प्रतियोगिताको आयोजनास्थल निश्चित भएको छ । एसिएन क्रिकेट काउन्सिल एसीसीले पाकिस्तान र श्रीलंकामा प्रतियोगिता गर्ने टुंगो लगाएको हो ।

यसअघि पाकिस्तानमा हुने भनिएको प्रतियोगितामा भारतीय क्रिकेट बोर्डले आफ्ना खेलाडी नपठाउने अडान लिएपछि प्रतियोगिता नै नहुने हो कि भन्ने आशंका थियो । पाकिस्तान क्रिकेट बोर्डले हाइब्रिड मोडल भनि न्युट्रल भेनुु मा प्रतियोगिता आयोजना गर्न सकिने नरम प्रस्ताव गरेको थियो। तर, त्यसमा भारत सहमत नहुँदा एसीसीले निर्णय लिन सकेको थिएन ।

भारत र पाकिस्तानसहित बंगलादेश, श्रीलंका र अफगानिस्तान क्रिकेट बोर्डसँग पटक पटक छलफल गरेपछि अन्तत हाइब्रिड मोडलमै प्रतियोगिता गराउने निर्णय एसीसीले गरेको हो । जसअनुसार अब पाकिस्तान र श्रीलंकामा प्रतियोगिता हुनेछ ।

क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकइन्फोका अनुसार पाकिस्तान क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने छ । जसमा प्रतियोगिताका १३ मध्ये करिब पाँचवटा खेलहरू पाकिस्तानमा र बाँकी श्रीलंकामा आयोजना हुनेछन् । भारतले खेल्ने सबै खेल श्रीलंकामा हुनेछन् ।

सेप्टेम्बर १ देखि १७ ( भदौ १५ देखि ३१ ) सम्म एसिया कप हुने छ । यसपटक नेपालले पनि एसिया कप खेल्दैछ । भारत र पाकिस्तान रहेको समूहमा परेको नेपालले दुवै आयोजनास्थलमा खेल्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस