कविता
कमल भट्टराई
ताप्लेजुङ
मैले महलमा पस्नु नपरोस् ।
राज्यको ढुकुटीमा छिर्न पनि नपरोस् ।
मुन्द«े र झ्याप्ले भएर
नेताको पछि पछि लाग्न नपरोस् ।
मेरो काम छोडेर,
बाटो ढुकी ढुकी,
घर–घर पुगेर वा
अपहरणको खेल खेलेर
कसै संग दुई पैसा माग्नु नपरोस् ।
दलको कार्यकर्ता बनेर,
कसैलाई कुटेर, मारेर वा
ढॉटेर कुर्सीमा पुग्नु नपरोस् ।
राज्यका चिल्ला गाडी र
दरबारिया शैलीको शयलमा
कसैको संगतले पनि
एक मिनेट मात्र पनि छिर्न नपरोस् ।
जातिय नाराको जुलुसमा,
धार्मिक विभेदको जुलुसमा,
अनि तिनका खराब बखेडाका,
कटु, बक्र भाषण सुन्नु नपरोस् ।
मान्छे मारेर सत्ता र भत्ता खानेहरुको,
संगत पनि गर्न नपरोस् ।
जनताको रगत र पसिनामा होलिखेलेर,
सत्ता, भत्ता र आलिसानमा
मैले कहिल्यै फस्नु नपरोस् ।
कामको दाम बाहेक मैले,
कसै संग एक कौडा पनि,
कहिल्यै थाप्नु नपरोस् ।
दोखु ताप्लेजुङ