रेडक्रसले दियो दोस्रो चरणको राहात

तोक्माखबर १५ शुक्रबार २०८०
नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले ताप्लेजुङमा २०८० साल असार पहिलो हप्तामा भएको बाढी पहिरो पीडितहरुलाई दोस्रो पटक राहात वितरण थालेको छ । रेडक्रस कर्मीहरुले सिसदङवा गाउँपालिका मेहेलेको फावाटार पुगेर आषाढ १४ गते राहात वितरण गरेका छन् । पहिलो चरणमा अखाद्य बस्तु वितरण गर्दै बास, उपचार र तथ्याङ्कको काम सकिए पछि दोस्रो चरणमा खाद्यन्न दाल, चामल, तेल, चीनी, चिया, नून, मसला, भाँडा माझ्ने साबुन, हातधुने साबुन, लगायतका सामग्रीहरु रेडक्रसले वितरण गरेको छ । गाउँपालिका र जिल्ला विपद् व्याबस्थापन समिति संगको समन्वयमा राहात वितरणका कार्यहरु भइरहेको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका सभापति ईन्द्र गुरुङले बताएका छन् ।
ताप्लेजुङ शाखाका मन्त्री विकाश गौतम र कोषाध्यक्ष दिनेश अधिकारी तथा उपशाखा कार्य समितिका गुप्ती मास्के लगायत पदाधिकारी र स्वार्यसेवकहरु पहिरो पीडितहरुलाई राहात वितरण गर्न पुग्नु भएको रेडक्रसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस