ताप्लेजुङ्गमा कृषि, उद्योगको सम्भावना ।

कमलप्रसाद भट्टराई
ताप्लेजुङ
ताप्लेजुङ फलफूल खेतीको लागी अत्यन्तै उपयुक्त वातावरण भएको जिल्ला हो, यहाँको हावापानी विविधता युक्त छ । कावेली र तमोर किनार र अन्य खोला किनार क्षेत्रहरुमा तराईमा पाइने अनेक फलफूल पाउन सकिन्छ भने जति माथी उक्लदै गयो उति पहाडी तथा हिमाली हावापानी र त्यस क्षेत्रलाई सुहाउने फलफूलहरु पाउन सकिन्छ । हिमाली क्षेत्रमा पाइने जडीबुटीहरुको समेत यहाँ खेती गर्न सकिने सम्भावना रहेको छ । यस जिल्लामा व्यावसायीक फलफूल खेती गर्ने हो भने ताप्लेजुङ्को हावापानी अनुसार हरेक समयमा कुनै न कुनै क्षेत्रका फलपूmलले स्थान पाईरहेका हुने छन् । यसरी भौगोलिक स्थान अनुसार यहाँ फलपूलल खेती गरेर यस जिल्लालाई फलफूलको भण्डार क्षेत्र बनाउँदा उपयुक्त हुने यहाँको हावापानीले पुष्टी गरिरहेको छ । विशेष गरेर कावेलीखेला, तमोरखोला र अन्य खोला किनार क्षेत्रमा आँप, कटहर, लिची, मेवा, केरा, अम्बक, अनारस, अनार लगायतका यस क्षेत्रमा हुन सक्ने फलफूल लगाउन सकिने बढी सम्भावना रहेका छन् । समुन्द्र सतहबाट एक हजार मिटर माथि १६, १७ सय मिटर मुनी यस क्षेत्रमा सुन्तला, कागती, नस्पाती, आरुबखडा, चुच्चे ओखर, लप्सी, हलुवावेद, खुर्पानी, मुन्तला, ज्यूनार, एभोकाडो, कफी, अनार, जामूना, अंगुर ईत्यादि फलफूलहरुको खेती विषेशत १५ सय मिटर देखि तल र ८ सय मिटर माथिका क्षेत्रमा गर्न सकिने प्राविधिक सल्लाह पाईने गरेका कारण ताप्लेजुङका अत्यधिक स्थानमा ठाउँ हेरी पानी नपाइने पाइने क्षेत्रहरुमा तापक्रम अनुसार भिरका काख र डाँडा जमिनहरुको अवस्था हेरेर प्राविधिक सल्लाह अनुसार खेती गर्न सके अवश्य पनि ताप्लेजुङ फलफूलको पकेट क्षेत्र हुन सक्नेछ ।

ताप्लेजुङको माथिल्लो क्षेत्रमा १५ सय देखि ३ हजार मिटरको उचाईमा स्याउँ, युरोपियन, नस्पाती, ओखर, किवी, कागजी, बदाम, काठे बदाम, चेरी, भुईचुक, जैतुन आदि फलफूल लगायत चीया खेती समेत यस क्षेत्रमा निकै फष्टाउने देखिन्छ यस जिल्लाको २५ सय मिटर माथी चिराईतो, लौठसल्ला, पाखनवद्, सतुवा, ठूलोओखत, लगायतका जडीबुटीहरु खेती गर्न सकिन्छ यसै गरेर ३५ सय ४ हजार देखि माथी कुट्की, जटामसी, भूतकेश, (सहस्रजरा) पदमचाल जस्ता अनेक जडीबुटीहरु खेती गर्न सकिने हामी प्राकृतिक रुपमा पनि देख्न सक्दछौ । ताप्लेजुङमा जसरी फलफूल खेतीका कुराहरु गरिन्छ संग संगै बजारका पनि कुराहरु उठने गरेका छन् । खेती संग संगै यहाँ धेरै समस्याहरु रहेका छन् । दुर्गम र ढुवानी समस्या, लगानी समस्या, प्राकृतिक समस्या, रोग र तिनको उपचार समस्या, प्राविधिक समस्या, बजार समस्या जस्ता अनेक समस्या नै कृषिका चुनौतीहरु हुन । ताप्लेजुङको कृषिका विविध समस्यालाई यदि दृढ इच्छा शक्ति लिएर सबै पक्षबाट काम गर्ने हो भने पक्कै पनि समस्यालाई पूर्णरुपमा हल गर्न त नसकिएला धेरै जसो न्यून गर्न भने अवश्य सकिने छ । दुर्गम र ढुवानीको समस्या अब दिनानु दिन कम हुँदै गएको छ । जिल्लाका सबै गाउँपालिकामा कच्ची भएपनि सडक सञ्जाल पुगेको छ । अब केहि वडामा सडक पुग्ना साथ यो समस्या समाधान हुँदै जाने देखिन्छ । लगानी समस्याका रुपमा देखिएको छ फलफूल खेतीमा लगानी गरेर तीन चार वर्ष देखि आठ दश वर्ष पर्खनु पर्ने हुन्छ । यस समयमा के गर्ने किसानले के खाने वा जमिनबाट के उत्पादन लिने यो पनि सोचनीय कुरा छ यसका लागी लगानी गर्न सस्तो व्याजमा ऋण र उत्पादन नहुञ्जेल घुसुवा नगदेवाली वा अन्नवाली स्थान अनुसार लगाउन सकिन्छ । त्यसका लागी प्राविधिक सहयोग र सल्लाह राज्यले व्याबस्था गर्न सके अवश्य पनि समस्या हल हुन सक्छ । तर कृषिको अनुदानलाई हटाई एक वा बढिमा दुई प्रतिशत व्याज दरमा ऋण कृषकको हातमा पु¥याउनु आवश्यक देखिन्छ किन कि अनुदानका कारण भ्रष्टाचारले बढावा पाएको देखिन्छ गैह्र कृषकहरुले समेत अनुदान र ऋण को सुविधा लिएको देखिन्छ अनुदान र ऋण सुविधाका कारण झोले कृषकहरु दिनानु दिन बढिरहेको देखिन्छ । ताप्लेजुङको कृषिका समस्याहरुमा प्राकृतिक समस्याहरु आउने गरेका छन् बढी बर्षाद्, असिना, हावाहुरी, वन्यजन्तुबाट वालीनालीको नष्ट जस्ता समस्याहरु आउने गरेका छन् । यसका लागी स्थान र वाली छनौट, आवश्यक रेखदेख, उपयुक्त विज्ञको सल्लाह सुझाव तथा मुख्य गरेर कृषि विमालाई भरपर्दो र विश्वासिलो बनाउन राज्यको स्पष्ट नीतिको आवश्यकता छ । फलफूल खेतीमा त्यसमा लाग्ने रोग र उपचार हाल आएर प्रमुख समस्याको रुपमा देखिएको छ । यसका लागी कोरा कर्मचारी हैन अध्ययन अनुसन्धान खोज र निदान गर्न सक्ने दक्ष विज्ञ प्राविधिक राज्यले व्यबस्था गर्न आबश्यक छ । हरेक जिल्लामा प्रदेशमा आवश्यकता अनुसार सम्बन्धित फलपूmल संग सम्बन्धित विज्ञहरुको समूह बनाएर रोग र त्यसको निदान गर्न अध्ययन अनुसन्धान गर्न सक्ने विज्ञ तथा सहायक प्राविधिकहरुको व्यबस्था प्रत्येक स्थानीय तहमा हुन आवश्यक छ । आज फलफूल खेतीका मुख्य समस्या नै रोग र बजार हो भन्ने कृषकहरुको भनाई रहेको छ । यस समस्याको समाधानका लागी राज्यले अग्रसरता लिनु उसको दायित्व हुन आउँछ । जनशक्ति समस्या अर्को समस्याको रुपमा देखा परेको छ जनशक्तिको कुरा गर्दा दुई खालका जनशक्तिको कुरा आउने गरेको छ । पहिलो प्राविधिक दक्ष जनशक्ति यस विषयमा पहिले नै चर्चा भएको छ भने दोस्रो फिल्डमा काम गर्ने स्थानीय जनशक्ति यो स्थानीय जनशक्ति अहिले हरेक क्षेत्रमा समस्या रहन थालेको छ । एक देखि दुई लाख खर्च गरेर युवा शक्ति विदेश जाने गरेका छन् उनीहरु त्यहाँ गएर २५ देखि ३० हजार तलब खान्छन् यही काम गर्न नेपालीहरु युवा रुचाई रहेका छैनन् यसको कारण खोज्नु आवश्यक छ र उनिहरुलाई कृषि मजदुरी गर्दा मासिक रु २५ देखि ३० हजार तलब यहिँ पाउन सक्ने वातावरणको सृजना हुन आवश्यक देखिन्छ । यस्तो वातावरण बनाएर जनशक्तिको क्षमता अनुसार उचित समय, काम र दामको व्यवस्था मिलाउन सके देशको कृषि र युवा एकै ठाउँमा रहने देखिन्छ । नेपालकै कृषिमा समस्याका रुपमा देखिएका लगानी, प्राविधिक, ढुवानी र बजार नै रहेको कृषकले बताउने गरेका छन् । पहिले पनि ढुवानीको बारेमा थोरै चर्चा गरिएको थियो फेरी पनि बजार संग ढुवानी जोड्दा हामीले कुन उत्पादन कति दिन सम्म सुरक्षित राख्न सकिन्छ वा कति दिन सम्म आपैm सुरक्षित रहन्छ यस विषयलाई ढुवानी संग जोड्नु पर्ने रहेछ ताजा फलपूmल र सागसब्जी कति टाढा पुयाउन सकिन्छ आफ्नो बाली ढुवानी समय र बजारको उपयुक्त तवरले विश्लेषण गर्न नसक्दा नै कृषिमा ठूलो क्षती हुने रहेछ । त्यसैले हाम्रो उत्पादित बस्तुको टिकाउ पन समय, ढुवानी र बजार मिलाउने पहिलो काम रहेछ । दोस्रो कृषिलाई उद्योग संग जोड्ने काम रहेछ जब पर्याप्त उत्पादन बढाउन सकिन्छ अनि त्यस उत्पादनबाट निकाल्न सकिने कच्चा पदार्थबाट दोस्रो उत्पादन जस्तै फलफूलको जुस, रक्सी अदि उत्पादनमा जोड दिने हो भने अवश्य नै कृषि उत्पादन ढुवानी र बजारका बीचको तालमेल हामी आफै व्यबस्थापन गर्न सक्ने र रोजगारीका अवसरहरु बढदै गएर आम्दानीका स्रोतहरु बढ्दै जाने छन् ताप्लेजुङको विविधतायुक्त हावापानी, माटो र यहाँको लगानी तथा जनशक्तिलाई उपयुक्त तवरले सही विश्लेषण गरी फलपूmल तथा अन्य घुसुवा वाली लगाउन यहाँका कृषकलाई उत्प्रेरित गर्न सके ताप्लेजुङ्मा कृषि र उद्योग एक साथ अगाडी लैजान सकिने सम्भावना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस