कमलप्रसाद भट्टराई
फुङलिङ — ७, दोखू , ताप्लेजुङ
शुभारम्भ ताप्लेजुङ जिल्लाबाट २०४६ सालमा प्रकाशन गरिएको कविता संगालो हो हेर्दा मिति स्पष्ट नखुले पनि यो २०४६ आषाढमा प्रकाशित गरेको जस्तो देखिन्छ किन कि तात्कालिन युवराज दिपेन्द्रको १९ औं शुभजन्मोत्सवका तीस वटा शुभकामनाहरु राखिएका छन् । यस शुभारम्भका प्रबन्ध सम्पादक — राजेश्वर थापा रहेका छन् सम्पादक मण्डलमा —रविमान लमजेल, सुवास श्रेष्ठ र सल्लाहकारमा जगमोहन शाक्य, दिवाकर बराल र देवी प्रसाद निरौला राखिएको छ । प्रकाशक “ तरुण साहित्यिक जमात, २०४६” ताप्लेजुङ रहेको शुभारम्भको मूल्य रु १० मात्र छ ।
शुभारम्भमा विषय सूचीलाई नयाँ ढँगबाट राखिएको छ विषय सूची नभनेर यसलाई कहाँ कस्को के छ भनेर छापिएको छ । पेज (क) मा “प्रसङ्ग नून मट्टीतेलको, सवाल नेपाल र नेपाली अस्तित्वको ” विषयमा राजेश्वर थापाले तात्कालिन समयको हाम्रो देशको अबस्था बारेमा उल्लेख गरेका छन् । पेज (घ) मा “शुभारम्भ” लाई सुम्सुम्याउँदा शीर्षकमा जवहर रोकाले ०४६।०३।१० मा इलामबाट लेखेका छन् । प्रबन्ध — सम्पादकको हस्ताक्षर शीर्षकमा राजेश्वर थापाबाट लेखिएको छ ।
शुभारम्भको प्रकाशनका लागि १३ जनाबाट रु (३००) तिन सयका दरले उठाइएको पनि यसैमा उल्लेख गरिएको छ । यसमा आर्थिक सहयोग गर्नेहरुमा दिवाकर बराल, जगमोहन शाक्य, रविमान लमजेल, खगेन्द्र पोमू, चन्द्र प्रकाश केसी, गोविन्दप्रसाद नेपाल, इश्वरी प्रसाद निरौला, रुद्र श्रेष्ठ, देवीप्रसाद निरौला, सुभास कुमार श्रेष्ठ, ज्ञानबहादुर तामाङ, लक्ष्मी डाँगी, राजेश्वर थापा सहितबाट जम्मा (३९००) तिन हजार नौ सय उठेको कुरा प्रष्ट पारिएको छ ।
यस “शुभारम्भ” २०४६ मा ५८ पेज रहेका छन् ३३ जनाका ३४ कविताहरु, २ जनाका ७ मुक्तकहरु प्रकशित भएका छन् । यस भित्र ताप्लेजुङका— १८ जनाका १९ कविता र २ जनाका ७ मुक्तक रहेका छन् ,, पाँचथरका— ३ कविता, इलामका—७ कविता, झापाका—३ कविता र तेह्रथुमका १ कविता साथै स्थायी ठेगाना नखुलेका गोविन्द प्रसाद नेपाल हाल ताप्लेजुङ लेखिएका सर्जक समेत यसमा समेटिएको देखिन्छ । यस “शुभारम्भ”मा समावेश भएका सर्जकहरु यस प्रकार रहेका छन् ।
कविता
जगमोहन शाक्य —यो जिन्दगी कस्तो कस्तो, दिवाकर बराल — हाङदेवा— नव वर्ष र सम्झना, रविमान लमजेल— यो अन्त्यहीन क्रम— निरन्तरताको ….., राजेश्वर थापा — खोक्लिङ— मेरो विरोधप्रतिको विरोधीको विरोधप्रति, इश्वरी प्रसाद निरौला — ताप्लेजुङ — “म के गरौं”, चिन्दोलु— हाम्पाङ ४ ताप्लेजुङ— धर्म पालना, देविप्रसाद निरौला— ताप्लेजङु— अन्तिम पत्र, रुद्र श्रेष्ठ—इलाम हाल ताप्लेजुङ—प्रतिभा के हो ?, डिल्ली पौडेल— हाङदेवा ३ ताप्लेजुङ— मन, सुवास कुमार श्रेष्ठ— ताप्लेजुङ बजार—प्रतिक्षा अनि फेरी प्रतिक्षा, खगेन्द्र पोमू— फूलबारी ताप्लेजुङ— ताप्लेजुङ, हर्क याक्सो— ताप्लेजुङ— मेरो ताप्लेजुङ, गोविन्द प्रसाद नेपाल— हाल ताप्लेजुङ— जीवन कविता, कुमार प्रसाईं— हाङपाङ ३ चुवा ताप्लेजुङ— आमाको आशिर्वाद, शिवप्रसाद दाहाल—फुङलिङ ७ ताप्लेजुङ— जीन्दगी, सुनिता न्यौपाने— खोक्लिङ्ग— नारीको जीन्दगी, टामन सिग्देल— ताप्लेजुङ — म आफ्नै पनमा विश्वस्त छु , इन्द्र निरौला— फूलबारी ताप्लेजुङ— म कस्तो कस्तो, लक्ष्मी डाँगी—तेह्रथुम हाल ताप्लेजुङ— शिक्षकलाई आवाहन, मदन दाहाल—ताप्लेजुङ— नयाँ विहानीको खोजीमा अघि बढौं, बन्धु एस.एल. सेढाईं— झापा हाल ताप्लेजुङ— उसको वेदना, निरौला महेश— फूलबारी ताप्लेजुङ—सूर्य गतिशील हुनै पर्छ, निलकमल— पाँचथर— हामी र हाम्रा सहयोगी छिमेकी मित्रहरु जन्मि रहेको छोरालाई, होम भट्टराई— पाँचथर— विवश म नेपाली, प्रेम ओझा— पाँचथर— जीवनःरक्सीको रित्तो गिलास, रविन्द्र भट्टराई— पिपलबोटे इलाम— सिर्जना, नन्दु परिश्रमी— इलाम— सडक, धिरेन चेम्जोङ— इलाम— भोलीका मेरा कविताहरु, महेश बस्नेत— भानुपथ इलाम— तिमी केबल युद्ध खोजी रहेछौ, राधेश्याम “लेकाली”— इलाम— बर्तमानका चरणहरु (आभाष, बर्तमान र मूल्याङ्कन), मंगेश दिपविन— भानुपथ इलाम— “पाईताला”, सुश्री बैजन्ती मिश्र— गरामनी झापा— म बस्तु होइन, टंक उप्रती— शनिश्चरे कालिस्थान झापा— तिमी गन्तब्य स्थानमा हुनेछौ ।
मुक्तक
ज्ञानबहादुर तामाङ— हाङदेवा ताप्लेजुङ —केही मुक्तक (प्रतिष्ठा, चाहना, रोजगार, आयोजना, जागीर)
विशाल शाक्य— ताप्लेजुङ— दुई मुक्तक (जीन्दगी, प्रेम)
शुभारम्भ २०४६ पञ्चायतकालीन उच्च निरङ्कुशताका बुट र संगिनहरु जनताका छातीमा बजारिएको समयमा आफ्ना मनका विचारहरु पोख्न नपाइने स्थितीमा पनि घुमाउरो र शिष्ट भाषामा देश र जनताको पक्षमा कलम चलाउने स्रष्टाहरुले यस शुभारम्भ मार्फत आफ्ना विचारहरु व्यक्त गरेका छन् । साहित्यिक मनहरुलाई गोलबद्ध र संगठीत गर्न तरुण साहित्यिक जमात— २०४६, को नामबाट साहित्यिक गतिविधिहरु अगाडी बढाउन यस बेलाका हाम्रा अग्रजहरुले प्रयत्न गरेको देखिन्छ ।