मेवा–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सुरु

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले ताप्लेजुङको मेवादेखि चाँगे (ढुंगेसाँघु) सम्म १३२ केभीको प्रसारण लाइन निर्माण थालेको छ । करिब २० किमि लामो प्रसारण लाइन ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ मा १३२/३३ केभीको मेवा सबस्टेसन तथा त्यहाँदेखि मैवाखोला गाउँपलिका–१ स्थित ढुंगेसाँघु सबस्टेसनसम्म निर्माण गर्न लागेको हो । 

करिब २० किमि लामो यो प्रसारण लाइन १३२ केभीको डबल सर्किटको रहने कम्पनीले जनाएको छ । एक वर्षमा सक्ने लक्ष्य लिइएको उक्त प्रसारण लाइनका लागि ३० करोड रुपैयाँ लागत रहेको कम्पनीले बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले प्रसारण लाइनको शिलान्यास गरे । प्रसारण लाइनमा ६२ वटा टावर रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस