वियोगीको अनगिन्ती क्षणहरु ः गजल संग्रह साँवा ५ ताप्लेजुङ हाल मिक्वाखोला ४ निवासी विनीता फेयङ वियोगीको २०७२ साल मंसिरमा प्रकाशित कृति हो, उनको जन्म २०५२ पुस २ गते भएको हो । धरान ६ सुनसरीको देउराली अफसेट प्रेसबाट प्रकाशित यस संग्रहमा ६७ वटा गजलहरु रहेका छन् । यो संग्रह गजलकारले बुबा सिंहराज साँवा लिम्बू र आमा मनमती काम्बाङ लिम्बूमा समर्पण गर्नुभएको छ ।
