कमल भट्टराई
तोक्मा खबर २०८० आश्विन ६ गते
ताप्लेजुङ जिल्लामा रहेको शिक्षकहरुको सहकारी शिक्षक हित वचत तथा ॠण सहकारी संस्था लिमिटेड को १३ औं साधारणसभा २०८० आश्विन ६ गते शनिवार फुङ्लिङ बजारको पाथीभरा होटलको सभाहलमा सम्पन्न भएको छ । साधारणसभामा जम्मा ६३ लाख ५५ हजार २ सय ७४ रुपैंया बराबरको कारोबार भएको प्रतिवेदन प्रस्तुत गरिएको छ । यस सहकारीले यसै साधारणसभाबाट सन्त कुमार थलङ राईको अध्यक्षतामा उपाध्यक्ष विमला गुरुङ, सचिव युवराज पौडेल, कोषाध्यक्ष घनश्याम भट्टराई र सदस्यहरुमा प्रेम प्रसाद गुरुङ, कुसलता सेन्दाङ, भगवानसिं एभेङ लिम्बू, शम्भूप्रसाद गौतम, युद्धबहादुर पौडेल र लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक कमल भट्टराई, सदस्य मदनकृष्ण दाहाल र कल्पना पतङवा रहेको कार्य समिति चयन गरेको छ ।
साधारणसभाको छलफलले सेयर सदस्य थप गर्ने, ॠण लागानीमा सजकता अपनाउने, नियमित ॠण चुक्ता गराउने, तरलता रहन नदिने जस्ता विषयमा छलफल गरिएको बताइएको छ ।
यस सहकारीको १३ औं साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष टामन सिग्देल प्रमुख अतिथि र अतिथिहरुमा वचत तथा ॠण सहकारी संघका जिल्ला अध्यक्ष सन्तोष खतिवडा र यसै सहकारीका संस्थापक अध्यक्ष मातृका भट्टराई रहनु भएको थियो । साधारणसभाको अध्यक्षता अध्यक्ष शान्तिराम नेपालले गर्नु भएको थियो भने सचिव रमेश घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
