कमल भट्टराई
म
म भित्रको
म खोज्दैछु ।
कसैले राजनीति भित्र,
म खोजे ।
कसैले धर्म भित्र,
म खोजे ।
कसैले समाज भित्र,
म खोजे ।
खोजे धेरैले पैसा र सुनभित्र,
म खोजे ।
कसैले जमिनमा,
म खोजे ।
कसैले महलमा,
म खोजे ।
अनि कसैले शास्त्र भित्र,
म खोजे ।
कसैले कर्मकाण्ड भित्र,
म खोजे ।
कसैले धामीझाँक्रीमा,
म खोजे ।
कसैले ज्योतिष भित्र,
म खोजे ।
कसैले पुस्तक भित्र,
म खोजे ।
धेरैले नेपाल भित्र,
म खोजे ।
केहीले अमेरिका र बेलायत तिर,
म खोजे ।
खोजे धेरैले ठाउँ ठाउँमा,
म खोजे ।
आखिर कसले कति,
म पाए ।
कसैले धेरै,
म पाए ।
कसैले थोरै,
म पाए ।
आखिर पाए,
म भित्रको,
म पाए ।
जति म थियो,
उति नै मात्र,
म पाए ।
आखिर खोजे,
म खोजे,
म पाए,
म खाए,
म लाए,
मै मा रमाए ।
आखिर सबैले,
म खोजे,
मै पाए ।
सबैले खोज,े
म खोजे ।
बाहिरी म खोजे,
त्यहि म पाए ।
म पनि त,
म खोजिरहेछु ।
म
म भित्रका,े
म खोजिरहेछु ।
म
म भित्रको,
म खोजिरहेछु ।
२०८० आश्विन ६ गते