ताप्लेजुङ गोल्डकप २०८० को आय व्यय सार्वजनिक

कमल भट्टराई
तोक्मा खबर २०८०।०६।०४ ताप्लेजुङ
ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा खेलाइएको ताप्लेजुङ गोल्डकप २०८० भाद्र १४ गते देखि भाद्र २० गते सम्म जम्मा ८ टीम बीच खेलाइएको थियो । यस खेलका लागि टिकट विक्रिबाट १८ लाख ७६ हजार ६ सय र अन्य क्षेत्रबाट आर्थिक सहयोग गरी जम्मा ७३ लाख २४ हजार ७ सय ८५ रुपैयाँ आम्दानी भएको यस मध्ये ४९ लाख ८७ हजार १ सय ३७ रुपैयाँ खर्च भएर बचत जम्मा २३ लाख ३७ हजार ६ सय ४८ भएको जनाएको छ । बचत रहेको रकम लक्ष्मी सनराईज बैंकको खातामा रु ८ लाख ५८ हजार ६ सय ४८ रहेको र बाँकी रकम सम्झौता भएको र लिन बाँकी रहेको, रकम लिनको लागि आवश्यक प्रकृया भइरहेको जनाएको छ ।
यस पटक भएको ताप्लेजुङ गोल्डकप २०८० को आय व्यय फुङलिङ बजारको खुलाचोक विरेन्द्र चोकमा गरियो, कार्यक्रम सम्पन्न भएको १५ दिन भित्र आय व्यय सार्वजनिक गर्नु र बचत रकम स्पष्ट रुपमा देखाउनुले यस वर्षको आयोजक समिति स्यावासीको पात्र बनेको स्थानीयहरुको भनाई रहेको छ । यस सार्वजनिक सुनुवाईले आगामी दिनमा दाताको मन अझ पग्लने समेत केही स्थानीयको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस