ताप्लेजुङ गोल्डकपको फाइनलमा इलाम र इटहरी भीड्ने ।

कमल भट्टराई
ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.को खेल मैदानमा भईरहेको ताप्लेजुङ गोल्डकप २०८० को सेमीफाइनल आज भाद्र १९ गते सम्पन्न भएको छ । रेडस्टार क्लब विर्तामोड झापा र रेडहर्ष क्लब इलाम बीच भएको आजको खेलमा समय सिमा भित्र इलाम र विर्तामोडले एक एक गोल गरेर बराबर भए पछि ट्राइबेकरमा एक गोल बढी लगाएर रेडहर्ष क्लब इलाम विजयी भएको छ । अब भोलि हुने फाइनल खेल रेडहर्ष क्लब इलाम र जुट विकास फुटबल क्लब इटहरी बीच हुने छ । खेल रोचक हुने दर्शकहरुको अनुमान छ । आज भाद्र १९ गते प्रवेश शुल्कबाट रु ३ लाख ७ हजार ४ सय उठेको आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस