कमल भट्टराई
ताप्लेजुङको फुङलिङ नगरपालिका ७ तोक्माडाँडामा रहेको दीपज्योति सामुदायिक पुस्तकालयको आयोजनामा सोह्रौं पुस्तकालय दिवस भाद्र १५ गते मनाइएको छ । कार्यक्रममा शिक्षक, साहित्य प्रेमी व्यक्तित्वहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । पुस्तकालयको आवश्यकता, महत्व तथा चुनौति र अगामी दिनको बाटोका बारेमा कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका कमल भट्टराई शिक्षा समन्वय ईकाइ प्रमुख योग्यश्वर भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले आफ्ना मन्तव्यहरु राख्नुभएको थियो । प्रमुख अतिथि फुङलिङ नगरपालिका मेयर अमिर मादेनबाट पुस्तकालय भवन र थप सामाग्री आवश्यक देखिएको हुँदा यसलाई तत्काल नगरपालिकाबाट पुरा गरिने भन्दै पुस्तकालय र लेखक साहित्यकारबााट साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रका लेख रचना प्रकाशन गरेर विकासका काममा लेखक कविहरुले सघाई दिनुभए अझ राम्रो हुने भन्दै लेखक कवि र कलाकार प्रति आफ्नो सहयोग निरन्तर रहने धारणा व्यक्त गर्नुभएको थियो ।
सोह्रौं पुस्तकालय दिवसको अध्यक्षता दीपज्योति सामुदायिक पुस्तकालयका अध्यक्ष भरतकुमार गुरुङले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रविण पालुङवाले गर्नुभएको थियो ।
