कमल भट्टराई
यहॉ यस्तै हुन्छ
फुल फुल्दा यहॉ
हुरी साथ असिनाको बर्षा हुन्छ
विरुवा उम्रन्छ यहॉ
टुसैमा विषयुक्त किराको जन्म हुन्छ
सितहरु हट्थ्यो यहॉ
तर बादल नै हट्न सकेन
यहॉ यस्तै हुन्छ
सगरमाथा टल्कन्थ्यो यहॉ
तर त्यो कालो हुस्सुले छोडेन
मेची महाकाली अरु सबै
अरुण आपैmं बगीदिन्थ्यो
तर उसले नहरखन्ने खन्ने ज्यामी नै पाएन
विहानीका रवि झुल्कन्थे यहॉ
तर आमावश्यका रातले छोड्नै ऑटेन
यहॉ यस्तै हुन्छ
विहानी डाक्ने ती भालेहरु
नीर्दयी स्यालको शिकार बन्नु पर्छ
त्यो दियालो बाल्नेले यहॉ
अन्धेरो दुलोमा पस्नु पर्छ
जब मिर्मिरे हुन लाग्छ यहॉ
पूर्वमा बादल देखा परि हाल्छ
यहॉ यस्तै हुन्छ ………………………
सत्यका पक्षधरले पनि
आफ्नू अमूल्य ज्यान गुमाउनु पर्छ
आफ्नू अमूल्य ज्यान गुमाउनु पर्छ
२०४४ पौष, दोखु तोक्मा
हाम्रो तमोर वर्ष १ अंक १, २०४८ भाद«बाट